म्याग्दी रघुगङ्गा गाउँपालिकाका २ सय १६ बस्ती पहिराेकाे जोखिममा • Nepal's Trusted Digital Newspaperम्याग्दी रघुगङ्गा गाउँपालिकाका २ सय १६ बस्ती पहिराेकाे जोखिममा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • म्याग्दी रघुगङ्गा गाउँपालिकाका २ सय १६ बस्ती पहिराेकाे जोखिममा

म्याग्दी रघुगङ्गा गाउँपालिकाका २ सय १६ बस्ती पहिराेकाे जोखिममा

  • समाचारपाटी
  • शनिबार, असार ११, २०७९
म्याग्दी रघुगङ्गा गाउँपालिकाका २ सय १६ बस्ती पहिराेकाे जोखिममा

गलेश्वर । म्याग्दीको एउटै गाउँपालिकामा रहेका  पहिराका कारण २ सय १६ बस्ती जोखिममा परेका छन् । स्थानीयवासीले पहिराका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन् ।

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वडामा साना ठूला गरी २ सय १६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा छन् । पहिरा रोकथाम तथा नियन्त्रणका लागि पहिराको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयाे ।

‘पहिराको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएका छौं’, उनले भने । कुइनेमङ्गले–८ चौरखानी, चिमखोला–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको भण्डारीको भनाइ छ ।

यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौरलगायतका बस्ती बाढी र पहिराको उच्च जोखिममा छन् । ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गर्ने अध्यक्ष भण्डारीले बताउनुभयाे ।

गाउँपालिकाले सधैँ आश्वासन मात्रै बाँड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जन बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका स्थानीयवासी दीपक कार्कीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘बर्खा सुरू भएपछि बाढी र पहिरोका कारण सधैँ त्रसित र भयभित रहन्छौँ, राति राम्रोसँग निदाउन सकिँदैन ।’

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका