राष्ट्रिय एथ्लेटिक्समा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ मुकेश पाललाई स्वर्ण • Nepal's Trusted Digital Newspaperराष्ट्रिय एथ्लेटिक्समा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ मुकेश पाललाई स्वर्ण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रिय एथ्लेटिक्समा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ मुकेश पाललाई स्वर्ण

राष्ट्रिय एथ्लेटिक्समा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ मुकेश पाललाई स्वर्ण

  • समाचारपाटी
  • शनिबार, असार ११, २०७९
राष्ट्रिय एथ्लेटिक्समा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ मुकेश पाललाई स्वर्ण

काठमान्डाैँ । ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ वागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन आर्मी क्लवका मुकेश पालले स्वर्ण जित्नुभएकाे छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको ट्राकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दूरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जित्दा आर्मीका मुकेश पालले ३ मिनेट ५७.७ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण जित्नुभएकाे हाे । १९ औं दक्षिण एशियाली खेलकुदकी कीर्तिमानी स्वर्ण विजेता सन्तोषी चार महिना यता चोटग्रस्त हुनुहुन्थ्याे । राष्ट्रिय कीर्तिमान तोडन भने सक्नुभएन ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ आर्मीकी पूर्ण लक्ष्मी न्यौपानेले ४ मिनेट ५८ दशमलव ०२ सेकेण्डकासाथ रजत पदक हात पार्दा एपीएफकी आशा राउतले ५ मिनेट ०५ दशमलव ९ सेकेण्डमा दूरी पार गर्दै कास्य जित्नुभयाे । यसै प्रतिष्पर्धाको पुरुषतर्फ रजत जितेका एपीएफका अजित भण्डारीले दूरी पार गर्न ३ मिनेट ५८ दशमलव ८ सेकेण्डको समय खर्च गर्नुभयाे । कास्य पकद आर्मीका सुनिल सुनारले जित्नुभयाे । उहाँले ४ मिनेट ०१ दशमलव ७ सेकेण्डको समय खर्च गर्नुभयाे । नेपाल एथलेटिक्स संघको आयोजनामा शुक्रवारबाट शुरु भएको प्रतियोगितामा महिलातर्फ १५ र पुरुषतर्फ १६ विधामा सात प्रदेश र तीन विभागका खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका