कास्कीमा बाल यौन दुरुपयोग अभियाेगमा स्कूल संचालक पक्राउ • Nepal's Trusted Digital Newspaperकास्कीमा बाल यौन दुरुपयोग अभियाेगमा स्कूल संचालक पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कास्कीमा बाल यौन दुरुपयोग अभियाेगमा स्कूल संचालक पक्राउ

कास्कीमा बाल यौन दुरुपयोग अभियाेगमा स्कूल संचालक पक्राउ

  • समाचारपाटी
  • शनिबार, असार ११, २०७९
कास्कीमा बाल यौन दुरुपयोग अभियाेगमा  स्कूल संचालक पक्राउ

पाेखरा । कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं ४ मा अवस्थित रहेको ज्ञान ज्योती ईङ्लिस बोर्डिङ स्कूलका संचालकलाई बाल यौन दुरुपयोग अभियाेगमा प्रहरीले पक्राउ गरेकाे छ ।

कास्की माछापूच्छ्रे गाउँपालिका  वडा नं ४ बस्ने ४८ वर्षिय रामचन्द्र शाहीलाई  स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई बाल यौन दुरुपयोग गरेकाे जाहेरीको आधारमा  प्रहरीले पक्राउ गरेकाे हाे ।

शाहीलाई बाल यौन दुरुपयोग,अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरको अनुसन्धानका लागी कास्की जिल्ला अदालतबाट  ५ दिन  को म्याद थप गरी  प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान कार्य गरीरहेकाे छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका