४३ जना कोराना संक्रमित थपिए, १४ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper४३ जना कोराना संक्रमित थपिए, १४ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ४३ जना कोराना संक्रमित थपिए, १४ जना कोरोना संक्रमण मुक्त

४३ जना कोराना संक्रमित थपिए, १४ जना कोरोना संक्रमण मुक्त

  • समाचारपाटी
  • शुक्रबार, असार १०, २०७९
४३ जना कोराना संक्रमित थपिए, १४ जना कोरोना संक्रमण मुक्त

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा  ४३ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ८ सय ५२ जनाकाे पिसिआर परीक्षण गर्दा ३२ जना र   १ हजार ७ सय ३० जनाकाे एनटिजेन परीक्षण गर्दा ११ जना गरी ४३ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ सय ८१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

१ लाँख ५ हजार ६१ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ६७ हजार ३ सय ५६ जना काेराेना मुक्त भएका छन् ।

३ हजार ५ सय ५ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका