आज सुनकाे मुल्य घटेकाे छ । छापावाल सुन ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा काराेबार भएकाे छ । छापावाल सुन बिहीबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ छ। तेजाबी सुनको मूल्य बिहीबार प्रतितोला ९७ हजार रुपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य बिहीबार कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २ सय ४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।