नेपाली चलचित्र ‘घनचक्कर’आजबाट प्रदर्शनीमा • Nepal's Trusted Digital Newspaperनेपाली चलचित्र ‘घनचक्कर’आजबाट प्रदर्शनीमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाली चलचित्र ‘घनचक्कर’आजबाट प्रदर्शनीमा

नेपाली चलचित्र ‘घनचक्कर’आजबाट प्रदर्शनीमा

  • समाचारपाटी
  • शुक्रबार, असार १०, २०७९
नेपाली चलचित्र ‘घनचक्कर’आजबाट प्रदर्शनीमा

काठमान्डाैँ । फिल्म घनचक्कर निर्माण शुरु भएको ४ वर्षपछि शुक्रवारबाट देशभरका सिनेमा हलहरुमा प्रदर्शन भएको हो । नायक सौगात मल्ल अभिनित कबडडी ४ र दीपेन्द्र के खनाल निर्देशित फिल्म चिसो मान्छे हलमा प्रदर्शनी भइरहँदा घनचक्करले धेरै हलहरु भने पाउन सकेको छैन ।

प्रदर्शनको पूर्वसन्ध्यामा काठमान्डौंमा भएको प्रमियर शोमा फिल्मले सुखद प्रतिक्रिया पाएको छ । फिल्ममा पैसाको चक्करमा लागेका युवाहरुको कथा समावेश गरिएको छ । फिल्ममा सरोज खनाल, सौगात मल्ल, सलोन बस्नेत, शिशिर भण्डारी, कस्मिरा लामा, आशान्त शर्मा, ईश्वरी खडका, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तीमगर, दामोदर पौडल लगायतका कलाकारको अभिनय छ ।

जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेकोे फिल्ममा सुसन प्रजापतीले छायांकन गर्नुभएकाे छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, मित्र डि गुरुङको सम्पादन, विपिन आचार्य र देव कोइमीको संगीत, अर्जुन सिंहको कथा र काजि लिम्बूको पटकथा–संवादमा फिल्म निर्माण भएको छ ।

हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता करुना अर्याल र संगम भट्ट हुनुहुन्छ । कमेडी जनरामा निर्मित फिल्ममा अनुपम दिववेदी, अनुपजंग खडका र सन्तोष सेढाई सह–निर्माता हुनुहुन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका