काठमान्डाैँ । एसीसी महिला टी–टवान्टी च्याम्पियनसिपको सेमिफाइनलमा अहिले युएई र नेपाल भिडिरहेका छन । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
नेपालले फिल्डिङ रोजेसँगै युएईले शुरुवातमा ब्याटिङ गरिरहेको छ । मलेसियाको किनरारा ओभलमा भइरहेको खेलमा नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ भने युएई पनि नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको छ । अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिष्पर्धा हुनेछ । च्याम्पियनसिपको फाइनल शनिवार हुनेछ ।