आजबाट ४४ औँ राष्ट्रिय एथ्लेटिक्सका खेलहरु हुँदैछन । आजबाट शुरु हुने एथलेटिक्स प्रतियोगिता त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछन ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी–प्रहरी–सशस्त्र) गरी १० टिमबाट २ सय ४० खेलाडीको सहभागिता रहने छ । दुई दिने प्रतियोगितामा ३१ स्वर्णका लागि प्रतिष्पर्धा हुनेछ ।