संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperसंघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

  • समाचारपाटी
  • शुक्रबार, असार १०, २०७९
संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

काठमान्डाैँ । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चिसौं संशोधन) विधेयक, २०७९ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले औषधि तेस्रो संशोधन विधेयक, २०७९ माथि सदनमा दफावार छलफल गरियोस भन्ने प्रश्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै औषधि तेस्रो संशोधन विधेयक पारित गरियोस भन्ने प्रश्ताव प्रस्तुत गर्नुहुनेछ, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथि सदनमा दफावार छलफल गरियोस भन्ने प्रश्ताव र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस भन्ने प्रश्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका