मल्टि स्टारर फिल्म ‘लाखे’ को डर लाग्दो पोस्टर • Nepal's Trusted Digital Newspaperमल्टि स्टारर फिल्म ‘लाखे’ को डर लाग्दो पोस्टर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मल्टि स्टारर फिल्म ‘लाखे’ को डर लाग्दो पोस्टर

मल्टि स्टारर फिल्म ‘लाखे’ को डर लाग्दो पोस्टर

  • समाचारपाटी
  • शुक्रबार, असार १०, २०७९
मल्टि स्टारर फिल्म ‘लाखे’ को डर लाग्दो पोस्टर

काठमान्डौं । मल्टि स्टारर फिल्म ‘लाखे’ को फस्टलुक पोस्टर सार्वजनीक गरिएको छ । ३१ भदौमा प्रदर्शन हुने फिल्मको बिहीबार सामाजीक संजालमार्फत डरलाग्दो पोस्टर दर्शक माझ ल्याइएको हो । पोस्टरमा चार जना मुखौटाधारीका साथमा अर्पण थापाको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ कलरमा प्रस्तुत गरिएको छ । पोस्टर सार्वजनीक सँगै फिल्मबारे कौतुहलता बढेको छ । पोस्टरले ‘लाखे’ सस्पेन्स–थ्रीलरले भरिएको इगीत गर्दछ । सम्राट बस्नेत निर्देशीत फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी,अनुप बिक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार,रोहित रुम्बा,सन्जोग राणा,रक्षा बुढाथोकी,कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा हुनुहुन्छ ।

गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुनुहुन्छ। हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिच्नुभएकाे हाे । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा, संवाद आकाश बरालले लेख्नुभएकाे हाे ।

अर्जुन जिसीको सम्पादन रहेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ । ‘लाखे’ भरपुर मनोरञ्जक बनेको जानकारी निर्देशक सम्राटले दिनुभएकाे छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको टिजर केही समयमै सार्वजनीक गर्ने तयारी निर्माण टिमको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका