काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ४९ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार २ सय ३४ जनाकाे पिसिआर परीक्षण गर्दा ३३ जना र १ हजार २ सय ६० जनाकाे एनटिजेन परीक्षण गर्दा १६ जना गरी ३४ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ सय ६३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
८५ हजार ६ सय ५७ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । २ हजार ४ सय ९४ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । देशभर ९ लाख ६७ हजार ४२ जना कोराना संक्रमित मुक्त भएका छन् । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।