पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको निर्णय फिर्ता लिन सरकारसँग सांसद हुसेन र चौधरीकाे माग • Nepal's Trusted Digital Newspaperपेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको निर्णय फिर्ता लिन सरकारसँग सांसद हुसेन र चौधरीकाे माग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको निर्णय फिर्ता लिन सरकारसँग सांसद हुसेन र चौधरीकाे माग

पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको निर्णय फिर्ता लिन सरकारसँग सांसद हुसेन र चौधरीकाे माग

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको निर्णय फिर्ता लिन सरकारसँग सांसद हुसेन र चौधरीकाे माग

नेकपा(एकीकृत समाजवादी)कि सांसद समीना हुसेनले पेट्रोलियम पद्धार्थको मुल्य घटाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हुसेनले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिका कारण श्रमिक र निम्न आय भएकाहरुले चुल्हो बाल्न नसक्ने अवस्था भएको बताउनुभयो । उहाँले यस्तो स्थितिलाई ध्यान दिदैँ पेट्रोलियम पद्धार्थको मुल्य छिटोभन्दा छिटो घटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा(एकीकृत समाजवादी)कि सांसद लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताउनुभयो । उहाँले नागरिकता विधेयक र संघीय निजामती ऐन छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा(एमाले)का सांसद लालप्रसाद साँवा लिम्बुले विद्यालयहरुमा आजसम्म पाठयपुस्तक पुग्न नसकेको बताउनुभयो । उहाँले प्रथम त्रैमासिक परिक्षा आइसक्दा पनि पाठयपुस्तक नपाइएको बताउनुभयो । उहाँले लाखौ विद्यार्थीहरुको भविष्य अन्यौलमा नपार्न सरकारलाई आग्रह गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका