नेकपा(एमाले)का सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फाष्टट्रयाकबाट पारित गरि नागरिकताको वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले सरकारले संघीय निजामती विधेयक फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहसनहस बनाएको आरोप लगाउनुभयो । उहाँले संघीय निजामती विधेयकलाई पनि संसदमा ल्याई पारित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो – ‘२ लाख ५० हजारभन्दा बढी युवाहरु नागरिकतासहित पहिचानको खोजिमा रहेका छन । सरकारले नागरिकता विधेयकलाई फाष्टट्रयाकबाट पारित गरी नागरिकता वितरणको व्यवस्था मिलाओस भन्ने आग्रह गर्न चाहान्छु । संघीय निजामती विधेयक सरकारले फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहसनहस बनाउने काममा लागेको छ । त्यसकारणले संघीय निजामती सेवा ऐन, जुन राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको हो । त्यो ऐनलाई छिटो संसदमा ल्याइ पारित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’