'स्टाफ नर्स कोर्ष र अनमी कोर्षका विद्यार्थीहरुले एउटै काम र जिम्मेवारी वहन गर्नुपर्छ':-विश्वकर्मा • Nepal's Trusted Digital Newspaper'स्टाफ नर्स कोर्ष र अनमी कोर्षका विद्यार्थीहरुले एउटै काम र जिम्मेवारी वहन गर्नुपर्छ':-विश्वकर्मा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘स्टाफ नर्स कोर्ष र अनमी कोर्षका विद्यार्थीहरुले एउटै काम र जिम्मेवारी वहन गर्नुपर्छ’:-विश्वकर्मा

‘स्टाफ नर्स कोर्ष र अनमी कोर्षका विद्यार्थीहरुले एउटै काम र जिम्मेवारी वहन गर्नुपर्छ’:-विश्वकर्मा

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
‘स्टाफ नर्स कोर्ष र अनमी कोर्षका विद्यार्थीहरुले एउटै काम र जिम्मेवारी वहन गर्नुपर्छ’:-विश्वकर्मा

नेकपा एमाले कि सांसद बिमला विश्वकर्माले स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘एसईई पास गरेर गरिने स्टाफ नर्स कोर्ष र अनमी कोर्षका विद्यार्थीहरुले एउटै प्रकृतिको काम र जिम्मेवारी वहन गर्नुपर्छ । कोर्ष पुरा गर्न स्टाफ नर्सलाई ३ वर्ष र अनमीलाई १८ महिना राखिएको छ । जसका कारण कामको प्रकृति एउटै भएपनि कार्यक्षेत्रमा गरिने व्यवहार, प्राप्त गर्ने सेवा सुविधामा भने पुरै विभेद रहेको छ । तसर्थ सेवा अवधि भित्रैबाट आन्तरिक वृत्ति विकास गरी स्टाफ नर्स सरह बन्ने र देश वा विदेशमा काम गर्न जाँदा एउटै दर्जामा राखी मर्यादित काम र मर्यादित सेवा सुविधा प्राप्त गर्नेगरी स्वास्थ्य मन्त्रालयले नीतिगत व्यवस्था मिलाइदिओस ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका