प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुका माग • Nepal's Trusted Digital Newspaperप्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुका माग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुका माग

प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुका माग

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुका माग

नेकपा(माओवादी केन्द्र)कि सांसद सत्य पहाडीले जाजरकोट, धादिङ र बझाङ जिल्लाका ३ वटा स्थानीय तहमा बैंकका शाखा नपुग्दा सामाजिक सुरक्षा भत्ता रोकिएको बताउनुभयो । उहाँले सो स्थानमा सामाजिक सुरक्षा भत्ता पुर्याउन सरकार सँग माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले थारु क्लष्टरलाई समेटेर निजामती सेवा ऐन पारित गर्न माग गर्नुभयो । उहाँले टिकापुर घटना विशेष प्रकृतिको राजनीतिक घटना भएको उल्लेख गर्दै सो घटनामा थारुहरुमाथि लगाइएको मुद्धा फिर्ता गर्न सरकार सँग माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘टिकापुर घटना विशेष प्रकृतिको राजनीतिक घटना भएकोले सो घटनामा थारु समुदायका साथीहरुमाथि लगाइएको झुठा मुद्दा फिर्ता गरी फरार सुचिमा रहेकाहरुलाई उन्मुक्ति र राजबन्दीहरुलाई अविलम्ब रिहाई गर्न नेपाल सरकार सँग जोडदार माग गर्दछु ।’

नेपाली कांग्रेसका सांसद सत्य नारायण शर्मा खनालले विदेशी मुलुकबाट नेपालमा मंकिपक्स भाइरस आउने खतरा रहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले यस विषयमा अध्ययन र तयारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले खेत रोप्ने बेलामा किसानले मल नपाएर हाहाकार भएको भन्दै तुरुन्त मलको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका