सप्तरीमा बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते, एकको मृत्यु • Nepal's Trusted Digital Newspaperसप्तरीमा बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते, एकको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सप्तरीमा बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते, एकको मृत्यु

सप्तरीमा बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते, एकको मृत्यु

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
सप्तरीमा बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते, एकको मृत्यु
source:-onlinekhabar

सप्तरी । सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा बिहीबार बिहान बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५ बर्षीया महिलाको घट्नास्थलमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे ।

बसमा सवार ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार भएको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका