र्याप ब्याटल शो ‘ब्याटल भूमि’ आउने • Nepal's Trusted Digital Newspaperर्याप ब्याटल शो ‘ब्याटल भूमि’ आउने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • र्याप ब्याटल शो ‘ब्याटल भूमि’ आउने

र्याप ब्याटल शो ‘ब्याटल भूमि’ आउने

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
र्याप ब्याटल शो ‘ब्याटल भूमि’ आउने

र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ ले पाएको लोकप्रियतापछि निर्माण समूहले नयाँ र्याप ब्याटल शो ‘ब्याटल भूमि’ ल्याउने घोषणा गरेको छ । बुधवार एक कार्यक्रम आयोजना गर्दै निर्माण समूहले बुधवार बेलुकादेखि डिजिटल अडिसन खुला गरिएको जानकारी गराएको हो ।

डिजिटल अडिसन २ जुलाईसम्म हुनेछ । आयोजकका अनुसार डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्ने उल्लेख गरेको छ । निकेश खडकाले निर्देशन गर्ने कार्यक्रममा सुदीप पोखरेल र रोशनकुमार श्रेष्ठ कार्यकारी निर्माता रहनुभएकाे छ ।

शोमा मानस घले र कवि जी निर्णायकको रूपमा रहनुहुनेछ भने अर्का एक निर्णायक पनि छिटै नै घोषणा गर्ने निर्माण समूहले बताएको छ । कार्यक्रमको सहनिर्मातामा मनोज सापकोटा हुनुहुन्छ, भने कार्यक्रम सञ्चालन कोइन्च जीले गर्नुहुनेछ । शो आगामी साउनबाट ओेएसआर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यकारी निर्माता पोखरेलले कार्यक्रम एउटा डिजिटल प्लेटफर्ममा राम्रो छाप छोडन सफल भएको र राम्रो उत्पादन गर्न पनि सफल भएको बताउनु भयो ।

शोको विजेताले पाँच लाख रुपैयाँसँगै विश्व भ्रमणको अवसर प्राप्त गर्ने निर्माण समूहले बताएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका