काठमान्डौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक धारालाई डोर्याउने चावी जनताले माओबादी केन्द्रलाई दिएको बताउनुभएकाे छ। पार्टीको प्रशिक्षण कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले स्थानीय तहको चुनावमा माओबादी केन्द्रको एजेण्डाले जितेको बताउनुभएकाे हाे।
दाहालले भन्नुभयाे, ‘कति जित्यौं भनेर हेर्दा एउटा चित्र देखिएला। समग्रमा हामीले जितेको हो। माओबादी केन्द्रको एजेण्डाले जितेको छ। निर्णायक तेस्रो शक्तिका रुपमा रह्यो। विघठनकारीहरुले पराजय व्यहोरे। ’ दाहालले प्रदेश र संघको निर्वाचन संघारमा रहेको र यसको तयारीका लागि प्रारम्भिक छलफल सुरु भएको बताउनुभयाे।
उहाँले भन्नुभयाे, ‘पहिलो कुरा त आफ्नो बलियो तयारीमा ध्यान दिनुहोस्। लोकप्रिय उम्मेदवार र विजय हुनसक्ने उम्मेदवार मुख्य हुने रहेछ। ’ संघ र प्रदेशको निर्वाचन पनि जीवन मरणको लडाइ रहेको बताउनुभयाे।