विभिन्न १३ बिधामा अवार्ड प्रदान गर्दै नेपाल सर्ट फिल्म अवार्ड सम्पन्न • Nepal's Trusted Digital Newspaperविभिन्न १३ बिधामा अवार्ड प्रदान गर्दै नेपाल सर्ट फिल्म अवार्ड सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विभिन्न १३ बिधामा अवार्ड प्रदान गर्दै नेपाल सर्ट फिल्म अवार्ड सम्पन्न

विभिन्न १३ बिधामा अवार्ड प्रदान गर्दै नेपाल सर्ट फिल्म अवार्ड सम्पन्न

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
विभिन्न १३ बिधामा अवार्ड प्रदान गर्दै नेपाल सर्ट फिल्म अवार्ड सम्पन्न

सर्ट फिल्म कम्पिटिसनमा थर्ड उत्कृष्ट

काठमान्डौं । दुई दर्जन नेपाली लघू चलचित्र बीचको प्रतिस्प्रर्धा मा सर्वोत्कृष्ट सर्ट फिल्मको अवार्ड आसुतोष प्रोडक्सनको फिल्म थर्ड आईले जितेको छ । काठमान्डौंमा स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियशनले आयोजना गरेको लघू चलचित्रको प्रतिस्पर्धा मुलक कार्यक्रममा ‘तेश्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’ मा थर्ड आई उत्कृष्ट भएको हो । काठमान्डौंमा सम्पन्न यो प्रतियोगिता विभिन्न १३ बिधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ ।

प्रतिस्पर्धामा थर्ड आईले अन्य तीन वटा अवार्ड पनि जितेको छ । जसमा थर्ड आईबाटै सोसियल फिल्म तर्फको उत्कृष्ट निर्देशकको अवार्ड आशुतोष अधिकारीले प्राप्त गर्नुभएकाे छ, भने अभिनेत्री तर्फ जुरीको अवार्ड थर्ड आईबाट अभिनेत्री कमला अधिकारीले प्राप्त गर्नुभयाे । यही फिल्मबाट केडी प्रसितले सह अभिनेताको अवार्ड हाँसिल गर्नुभयाे ।

सो प्रतिस्पर्धामा सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड फिल्म अबसानबाट कल्यान अधिकारीले जित्नुभएकाे छ । उत्कृष्ट अभिनेताको अवार्ड प्रदीप बाँस्तोलाले जित्नुभएकाे छ । अभिनेत्रीको अवार्ड फिल्म म मेरी बहिनी र उबाट सुजाता तिमल्सिनाले हाँसिल गर्नुभयाे ।
यस्तै सो प्रतिस्पर्धामा फिल्म दानवबाट मोहम्मद रफी शाहले दानवबाट निर्देशन तर्फ नै जुरी अवार्ड प्राप्त गर्नुभयाे,  भने फिल्म १२ ए एमबाट नव निर्देशकको अवार्ड दिवस गिरीले प्राप्त गर्नुभयाे ।

उत्कृष्ट छायाँकारको फिल्म कलेज लाईफबाट मनोज चौधरीले पाउनुभयाे । उत्कृष्ट सम्पादनको अवार्ड फिल्म इतिबाट नविन निरौलाले प्राप्त गर्नुभएकाे छ । यस्तै नव अभिनेताको अवार्ड द टाईमबाट अभिषेक खकुरेलले प्राप्त गर्नुभयाे । यस्तै नव निर्देशकको अवार्ड पनि द टाईमबाटै सुदीप कुँवरले जित्नुभयाे ।

नेपाल सर्ट फिल्म अवार्डको निर्णायकमा चलचित्र निर्देशक मधुसुदन भट्टराई, पत्रकार तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदी, पत्रकार विष्णु प्रसाद सुवेदी, अभिनेता विकाश चापागाईं, गजित बिष्ट, गोपाल ढकाल ‘छन्दे’ र चलचित्र लेखक शिवम अधिकारी हुनुहुन्थ्याे ।
नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा यो अवार्ड सम्पन्न भएको थियो ।

short film actress short film award actress

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका