मानवअधिकार समिति बैठकमा यौन हिंसामा परेका महिलालाई क्षतिपूर्ती दिनुपर्नेमा जोड • Nepal's Trusted Digital Newspaperमानवअधिकार समिति बैठकमा यौन हिंसामा परेका महिलालाई क्षतिपूर्ती दिनुपर्नेमा जोड • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मानवअधिकार समिति बैठकमा यौन हिंसामा परेका महिलालाई क्षतिपूर्ती दिनुपर्नेमा जोड

मानवअधिकार समिति बैठकमा यौन हिंसामा परेका महिलालाई क्षतिपूर्ती दिनुपर्नेमा जोड

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
मानवअधिकार समिति बैठकमा यौन हिंसामा परेका महिलालाई क्षतिपूर्ती दिनुपर्नेमा जोड

काठमान्डौं । संसदको कानून, न्याय तथा मानवअधिकार समितिका सदस्यहरुले बलात्कार तथा यौन हिंसामा परेका महिलाहरुलाई क्षतिपूर्ती रकम राज्यको कोषबाट दिने व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन् ।

समितिको बैठकमा सदस्यहरुले पीडकलाई कारबाही र जरिवाना गरेपछि जरिवानाको रकम पीडितलाई दिने भन्दा उसको आत्मसम्मानमा आँच पुग्न सक्ने बताएका छन् ।

बैठकमा सभापति कृष्णभक्त पोखरेलले जरिवानाको पैसा पीडितलाई दिँदा पीडकले मेरो पैसा खाएकी छे, त्यही पैसाले घर बनाएकी छे, जग्गा लिएकी छे भन्ने प्रवृत्ति देखिएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘यसबारेमा अर्थ मन्त्रालयसँग पनि छलफल गरेर पीडितलाई राज्यकोषबाटै क्षतिपूर्ति दिने व्यवस्थाका लागि पहल गर्नुपर्छ ।’

समिति सदस्य बिन्दा पाण्डले पीडित महिला तथा बालबालिकाको शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मा राज्यले लिनुपर्ने बताउनुभयाे । उहाँले पीडकलाई भविष्यमा पनि कुनै सार्वजनिक पदमा रहन अयोग्य हुने व्यवस्था गर्नु पर्ने बताउनुभयाे ।

उहाँले बलात्कारको मुद्दामा उजुरीका लागि हदम्याद राख्नै नहुने बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका