काठमान्डौं सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्यमा वृद्धि भएकाे छ । प्रतितोला २ सयले बढेर सुनको मूल्य ९७ हजार ५ सय पुगेको छ । सुनकाे मुल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ३ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजारमा काराेबार भएकाे छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर रु एक हजार २ सय ५० तोकिएको महासङ्घले जनाएको छ ।