काठमान्डौं महानगरपालिकाले फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५ सय जरिवाना • Nepal's Trusted Digital Newspaperकाठमान्डौं महानगरपालिकाले फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५ सय जरिवाना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काठमान्डौं महानगरपालिकाले फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५ सय जरिवाना

काठमान्डौं महानगरपालिकाले फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५ सय जरिवाना

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
काठमान्डौं महानगरपालिकाले फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५ सय जरिवाना

काठमान्डौं । काठमान्डौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई साउन १ गतेदेखि कारबाही गर्ने भएको छ ।महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५सय जरिवाना गर्ने बताएको छ ।

फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने महानगरपालिकाको चेतावनी छ । फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले यस्तो निर्णय गरिएको महानगरपालिकाको भनाइ छ।

महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) र फोहोरमैला व्यवस्थापन  २०६८ को दफा ३८ (थ) मा जरिवाना गर्न सकिने व्यवस्था छ ।

काठमान्डौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको छ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका