आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइँदै • Nepal's Trusted Digital Newspaperआजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइँदै

आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइँदै

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप  दिइँदै

काठमान्डौं । आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइँदै छ । बालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ ।

बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । जिल्ला स्वास्थ्य कार्यालय काठमान्डौंका प्रमुख बसन्त अधिकारीले यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको भन्दै ढुक्क भएर लगाउन आग्रह गर्नुभएकाे छ ।

पहिलो चरणमा काठमान्डौं उपत्यकासहित २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ भने दोस्रो मात्रा आगामी साउन २ देखि ८ गतेसम्म दिइने छ ।

बाँकी जिल्लामा भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका