आज बिहान कास्कीको लुम्लेमा केन्द्रविन्दु बनाएर गयाे ४.९ म्याग्नेच्युटको भूकम्प • Nepal's Trusted Digital Newspaperआज बिहान कास्कीको लुम्लेमा केन्द्रविन्दु बनाएर गयाे ४.९ म्याग्नेच्युटको भूकम्प • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज बिहान कास्कीको लुम्लेमा केन्द्रविन्दु बनाएर गयाे ४.९ म्याग्नेच्युटको भूकम्प

आज बिहान कास्कीको लुम्लेमा केन्द्रविन्दु बनाएर गयाे ४.९ म्याग्नेच्युटको भूकम्प

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
आज बिहान कास्कीको लुम्लेमा केन्द्रविन्दु बनाएर गयाे ४.९ म्याग्नेच्युटको भूकम्प

काठमान्डौं । कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्कीको लुम्ले र धम्पुसको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।

कास्की र कास्कीका आसपासका जिल्लाहरू लम्जुङ, बाग्लुङ,  स्याङ्गजामा पनि भूकम्पको धक्का महसुस भएको छ । बिहानै सुतिरहेकाे अवस्थामा भूकम्प जादाँ कास्कीमा  स्याङ्गजामा  भूकम्पको धक्का महसुस गर्ने सबै जना त्रसित बनेकाे डराएकाे भनि आफ्नाे फेसबुकमा पाेष्ट समेत गरेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका