मिस नेपाल नम्रता ‘मोडल हन्ट नेपाल’ मा आवद्ध • Nepal's Trusted Digital Newspaperमिस नेपाल नम्रता ‘मोडल हन्ट नेपाल’ मा आवद्ध • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मिस नेपाल नम्रता ‘मोडल हन्ट नेपाल’ मा आवद्ध

मिस नेपाल नम्रता ‘मोडल हन्ट नेपाल’ मा आवद्ध

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
मिस नेपाल नम्रता ‘मोडल हन्ट नेपाल’ मा आवद्ध

काठमान्डौँ । पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’ मा आवद्ध हुनुभएकाे छ । उहाँ निर्णायकको रुपमा प्रतियोगीतामा आवद्ध हुनुभएकाे हाे । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ प्रतियोगीतामा आवद्ध भएको जानकारी दिनुभयाे । श्रेष्ठ २०२० की मिस नेपाल विजेता हुनुहुन्छ ।

प्रतियोगीताको अहिले सातौं संस्करण सुरु चलिरहेको छ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उदेश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो छ । ११ असार अर्थात २५ जुनबाट सुरु हुने प्रतियोगीताको छनौट चरणको अडिसन ९ जुलाईसम्म चल्नेछ । अडिसनबाट छानिएका प्रतियोगीले मात्र फाइनलमा सहभागी हुन
पाउनेछन् ।

प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबर उपहारसहित १ देखि १५ सेब्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगीता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिनुभयाे ।

 

Namrata

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका