खुमलटारलाई हराउँदै हेमजा युनाइटेड फाइनलमा • Nepal's Trusted Digital Newspaperखुमलटारलाई हराउँदै हेमजा युनाइटेड फाइनलमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • खुमलटारलाई हराउँदै हेमजा युनाइटेड फाइनलमा

खुमलटारलाई हराउँदै हेमजा युनाइटेड फाइनलमा

  • समाचारपाटी
  • बुधबार, असार ८, २०७९
खुमलटारलाई हराउँदै हेमजा युनाइटेड फाइनलमा

हेमजा । छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक हेमजा युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

खुमलटारलाई २–० गोलले हराउँदै आयोजक हेमजा युनाइटेड फाइनल प्रवेश गरेको हो । आयोजकको तर्फबाट खेलको ५३ र ६७ मिनेटमा जर्सि न. १४ का कमल थापा मगरले २ गोल गर्नुभयाे । खेलको म्यान अफ दि म्याच २ गोल गर्न सफल कमल थापा मगर घोषित हुनुभयाे ।

उहाँले पुरस्कार वापत नगद ५ हजार हात पार्नुभयाे । प्रतियोगिता अन्तर्गत विहिबार दोस्रो सेमिफाइनल खेल फुटबल क्लब डाउला र चर्च ब्वाइज क्लब बीच हुँदैछ ।

हेमजा युनाइटेडको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधि सहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका