सरकारले स्वास्थ्य बीमा रकम भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने अस्पताल सञ्चालककाे चेतावनी • Nepal's Trusted Digital Newspaperसरकारले स्वास्थ्य बीमा रकम भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने अस्पताल सञ्चालककाे चेतावनी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सरकारले स्वास्थ्य बीमा रकम भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने अस्पताल सञ्चालककाे चेतावनी

सरकारले स्वास्थ्य बीमा रकम भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने अस्पताल सञ्चालककाे चेतावनी

  • समाचारपाटी
  • बुधबार, असार ८, २०७९
सरकारले स्वास्थ्य बीमा रकम भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने अस्पताल सञ्चालककाे चेतावनी

स्वास्थ्य बीमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन ।

बुधवार बीएण्ड सी र नोबेल मेडिकल कलेजले काठमान्डौंमा पत्रकार सम्मेलन गर्दै सरकारले स्वास्थ्य बीमा गरेका बिरामीले उपचार गरेको रकम असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने बताएका हुन । पत्रकार सम्मेलनमा बोल्दै बीएण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सरकारले असार २० गतेसम्म रकम भुक्तानी नगरे स्वास्थ्य सेवा बन्द गर्ने बताउनु भयो । उहाँले सरकारी अस्पतालमा ८ करोड पुग्दा सेवा बन्द गर्ने निर्णय गरिसकेकाले आफूहरुले पनि बन्द गर्न सरकारले बाध्य बनाएको आरोप लगाउनुभयो । सञ्चालक प्रसाईंले सरकारले ल्याएको बीमा नीतिमा जनतालाई सबै कुरा निःशुल्क भनेर भ्रम छरिएको बताउनु भयो । उहाँले सरकारले अहिले स्वास्थ्य बीमामा छुटयाएको रकममध्ये ३ अर्ब बीएण्ड सीलाई दिए पूर्वका ३२ लाख जनतालाई घरसम्म नै एम्बुलेन्स सेवा पुर्याउने गरी उपचार दिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारले स्वास्थ्य बीमामा १ खर्ब ३ अर्ब छुटयाउनु तलदेखि माथिसम्म मिलाएर खान हो । त्यहाँ एउटै काम हुँदैन । स्वास्थ्य बीमाको लागि मेची अञ्चललाई सरकारले ३ अर्ब दियो भने त्यो क्षेत्रका सबै जनता बिरामी हुँदा निको बनाउने काम मेरो भयो । सरकारले स्वास्थ्य बीमा बापतको रकम असार २० गतेसम्म भुक्तानी नदिए स्वास्थ्य बीमा सेवा बन्द गरिन्छ । सरकारी अस्पताल टिचिङमा ८ करोड रकम पुग्दा सेवा बन्द गर्ने भयो । त्यहाँ सबै तलवभत्ता सरकारले खुवाउँछ, धरानको सरकारले खुवाउँछ बन्द गर्ने भयो । हामीलाई कसले दिन्छ । सरकारले स्वास्थ्य बीमा मेचीका ३२ लाख जनतालाई घरबाट एम्बुलेन्स लिएर गएर घरमा नै पुर्याउने गरी उपचार दिन तयार छु । किन सरकारले १ खर्ब बजेट छुटयाउनु हुन्छ । ५० अर्बमा हामी काम गरिदिन्छौं । बिरामी भएका जनताले उपचार गर्ने हो नभएकाले होइन । जनतालाई एउटा भ्रम छरिएको छ । स्वास्थ्य बीमा गरेपछि सबै निःशुल्क उपचार भनिएको छ । बीमाको एउटा कुन औषधी दिने सीमा रहेको छ । अब सरकारले स्वास्थ्य बीमामार्फत अस्पतालमा उपचार गर्दा १ लाख रकम लाग्दा ५० हजार सरकारले तिर्ने र सिधै अस्पतालमा जाने वातावरण बनाउनु पर्छ ।’

सञ्चालक प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने दाबी गर्नुभयो । उहाँले सरकारको नीतिले आगामी वर्षभित्र सबै निजी लगानीका अस्पताल बन्द हुने बताउनु भयो । प्रसाईंले गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको दाबी गर्नुभयो । उहाँले अब नेपालमा नर्सिङ समेत पढनै नपाइने अवस्था आउन लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अबको पाँच वर्षमा नेपालका सबै अस्पतालहरु बन्द हुँदैछन । किन बन्द हुँदैछ भन्दा गोविन्द केसी अनसन बसेर चिकित्सा शिक्षा ऐन आयो । त्यो ऐनले देशमा सञ्चालनमा रहेका १५० नर्सिङ कलेजमध्ये १३७ वटा नर्सिङ कलेज बन्द गर्यो । भएका कलेज बन्द भएकाले नर्सिङ नेपालमा पढन नपाउने भएका नर्सहरु विदेश जाने गरिएको छ । नर्स उत्पादन हुने अवस्था छैन । अबको ७ वर्षमा उत्पादन भएका नर्स सकिँदै जान्छन । त्यसपछि भारत र फिलिपिन्सबाट नर्स ल्याउनुपर्ने हुन्छ । मैले अहिले शुरुवात गरिसके । अहिले नेपालका शिक्षण अस्पताल बन्द गरेर पढन विद्यार्थीलाई बाहिर पठाइरहेका छौं । अब नेपालमा भएका नर्सलाई पनि बाहिर पठाउँदैछौं । यसपछि, नेपालका सबै अस्पताल बन्द भएपछि बिरामीलाई पनि विदेश पठाउनु पर्छ ।’

प्रसाईंले नेपालमा नर्सिङ पढाई नहुने र भएका नर्स विदेशतर्फ जानेक्रम बढेपछि ५ वर्षपछि नेपालले भारत वा अन्य तेस्रो मुलुकबाट नर्स ल्याउनुपर्ने जिकिर गर्नुभयो ।

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका