'गीत संगीतलाई मौलिकतासहित समयसापेक्ष विकास गर्न आवश्यक' :- उपराष्ट्रपति • Nepal's Trusted Digital Newspaper'गीत संगीतलाई मौलिकतासहित समयसापेक्ष विकास गर्न आवश्यक' :- उपराष्ट्रपति • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘गीत संगीतलाई मौलिकतासहित समयसापेक्ष विकास गर्न आवश्यक’ :- उपराष्ट्रपति

‘गीत संगीतलाई मौलिकतासहित समयसापेक्ष विकास गर्न आवश्यक’ :- उपराष्ट्रपति

  • समाचारपाटी
  • बुधबार, असार ८, २०७९
‘गीत संगीतलाई मौलिकतासहित समयसापेक्ष विकास गर्न आवश्यक’ :- उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली गीत÷संगीतलाई मौलिकता रहने गरी समयसापेक्ष विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलवार विश्व संगीत दिवसको अवसरमा नेपाल संगीतिक संघले काठमान्डौंमा आयोजना गरेको राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली मौलिकता जोगाएर नेपाली संगीतको संरक्षण र विकास हुनुपर्ने बताउनु भयो । उपराष्ट्रपति पुनले युवा पुस्ताहरु पश्चिमी गीत, संगीतप्रति आकर्षित हुँदै गएको भन्दै संगीतकर्मीहरुले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले मौकिल संगीतले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको भन्दै मौलिक संगीतको सिर्जना गर्न, संगीत क्षेत्रको विकासमा योगदान    पुर्याउन र यसलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताउनु भयो ।

उपराष्ट्रपति पुनले भन्नुभयो, ‘नेपाली संगीतको संरक्षण हुनुपर्दछ । विकास हुनुपर्दछ । मुख्यतः हाम्रो मौलिकता जोगिनुपर्छ । हामी सबैले ध्यान दिनुपर्ने कुरा भनेको हाम्रा पुस्ताहरु कुन गीत, संगीततिर आकर्षित भइरहेका छन, अर्थात युवा पुस्ताहरुलाई पश्चिमा संगीतहरु सुन्ने रुची बढदै गएको देखिन्छ । हामीले नेपाली मौलिक संगीतप्रति मोह कसरी बढाउने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ ।

यसका लागि हाम्रो मौलिकता रहने गरी संगीतलाई समयसापेक्ष विकास गर्न आवश्यक देखिन्छ । हाम्रो मौकिल संगीतले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको छ । मौलिक संगीतको सिर्जना गर्ने, संगीत क्षेत्रको विकासमा योगदान पुर्याउने र यसलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण योगदान पुर्याउनेुहुने नेपाली संगीतकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दछु । यसमा ध्यान दिन जरुरी छ ।’

उपराष्ट्रपति पुनले संगीत बिनाको जीवन कल्पना गर्न नसकिने भन्दै पश्चिमा संगीतको दबदबा भइरहेको बेलामा नेपाली संगीकर्मीहरुले विदेशी संगीतलाई प्रतिस्थापन गरी नेपाली संगीतलाई स्थापित गर्न आवश्यक रहेको बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका