रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी • Nepal's Trusted Digital Newspaperरवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

  • समाचारपाटी
  • बुधबार, असार ८, २०७९
रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमान्डौं ।  संचारकर्मी रहनुभएका  रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ ।

स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको हो । एउटा समूह निवेदन लिएर आएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयाे । ‘प्रमुख निर्वाचन अधिकृत ज्युलाई संबोधन गरेर निवेदन लिएका आएकाहरु उहाँलाई भेट्न जानु भएको छ,’ उहाँले भन्नुभयाे ।

अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ । रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनुभएकाे थियाे ।

निवेदन खारेजीको माग गर्दै शाहुले दिएको उजुरीमा लेखिएको छ, ‘कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनाव उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकारी छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’

source:-onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका