यौन दुर्व्यवहार अभियाेगमा सेन्ट लरेन्स कलेजका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान • Nepal's Trusted Digital Newspaperयौन दुर्व्यवहार अभियाेगमा सेन्ट लरेन्स कलेजका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यौन दुर्व्यवहार अभियाेगमा सेन्ट लरेन्स कलेजका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

यौन दुर्व्यवहार अभियाेगमा सेन्ट लरेन्स कलेजका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

  • समाचारपाटी
  • बुधबार, असार ८, २०७९
यौन दुर्व्यवहार अभियाेगमा सेन्ट लरेन्स कलेजका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

काठमान्डौं ।  जिल्ला अदालत काठमान्डौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिनुभएकाे छ।

कलेजका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा उनीहरुलाई अदालतको आदेशमा डिल्लीबजारस्थित कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमान्डौंले जनाएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका