अफगानिस्तानमा भूकम्पबाट २ सय ५० जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperअफगानिस्तानमा भूकम्पबाट २ सय ५० जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अफगानिस्तानमा भूकम्पबाट २ सय ५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पबाट २ सय ५० जनाको मृत्यु

  • समाचारपाटी
  • बुधबार, असार ८, २०७९
अफगानिस्तानमा भूकम्पबाट २ सय ५० जनाको मृत्यु

काठमान्डौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २ सय ५० जनाको मृत्यु भएको छ । कम्तिमा १ सय ५० जना घाइते भएका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।

एक जना स्थानीय अधिकारीले बीबीसीसँग २ सय ५० जनाभन्दा बढीको ज्यान गएको बताउनुभएकाे छ । क्षति योभन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका