अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले बुधवार शपथग्रहण गर्देछन । नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको शपथ आज साँझ ५ बजे गर्ने भएको हो ।
शपथपछि नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्नुहुनेछ । एन्फा नेतृत्वका लागि सोमवार भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा चयन हुनुभएको थियो ।
उहाँका प्रतिष्पर्धी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेम्वाङ अध्यक्षमा चुनिनुभएको थियो ।