दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे बस्नेछ । बैठकमा राष्ट्रिय सभाबाट समितिमा मनोनयन भएका नयाँ सदस्यलाई स्वागत र उर्जा शंकट व्यवस्थापन र दिगो विकास लक्ष्य नं ७ को बारेमा छलफल हुनेछ ।
राज्यका निर्देशका सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दै
आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ः३० बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा इम्बोस्ड नम्बरका सम्बन्धमा छलफल हुनेछ ।
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै
आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठक बिहान १०ः३० बजे समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा उर्जाको वर्तमान अवस्था र सम्भावनाका बारेमा छलफल हुनेछ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै
आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बिहान १० बजे बस्नेछ । बैठकमा यौन हिंसाबिरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन कर्ता सदस्यहरुसँग छलफल हुनेछ ।