काठ्माण्डौ, ८ असार । वायुसेवा सञ्चालकहरुले बुधवारबाट उडान बन्द गर्ने चेतावनी दिएपनि उडान नियमित हुने जनाएको छ ।
नेपाल नागरिक उडडयन प्राधिकरण र वायु सेवा सञ्चालक संघबीच मंगलवार राति भएको वार्तामा उडान नियमित गर्ने सहमति भएको हो । गृह मन्त्रालयको समन्वयमा भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालकहरु उडान नरोक्नेमा सहमति जनाएका छन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलवार पत्रकार सम्मेलन गरेर नियमित र आकस्मिक उडान बन्द गर्ने चेतावनी दिएका थिए ।