काठमान्डाैँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि बिरुद्ध देशभरका सबै क्याम्पस गेटअघि टेप लगाएर बिरोध प्रदर्शन गर्ने भएको छ ।
सरकारले केही दिनअघि मात्रै पेट्रोलम पदार्थमा एकैपटक २१ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । त्यस्तै डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । जसअनुसार अहिले पेट्रोल प्रतिलिटर १९९ र डिजेल मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।