संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperसंघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

  • समाचारपाटी
  • बुधबार, असार ८, २०७९
संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरुमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उडडयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

बैठकमा भगवती न्यौपानेले विनियोजन विधेयक २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस भन्ने खर्च कटौतिको प्रश्ताव र सोनाम गोल्जेन शेर्पाले विनियोजन विधेयक २०७९ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।

मंगलवारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध जनाएसँगै सोही कार्यसूचि आजका लागि सारिएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका