काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा १९ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ७ सय ३१ जनाकाे पिसिआर परीक्षण गर्दा १४ जना र १ हजार ८३ जनाकाे एनटिजेन परीक्षण गर्दा ५ जना गरी १९ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ सय २४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
७३ हजार ३ सय १ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । २ हजार ८ सय १४ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ६७ हजार ३ सय २० रहेकाे छ , भने मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।