एपिएफलाई हराउँदै एभिनियर कप सेमिफाइनलमा • Nepal's Trusted Digital Newspaperएपिएफलाई हराउँदै एभिनियर कप सेमिफाइनलमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एपिएफलाई हराउँदै एभिनियर कप सेमिफाइनलमा

एपिएफलाई हराउँदै एभिनियर कप सेमिफाइनलमा

  • समाचारपाटी
  • बुधबार, असार ८, २०७९
एपिएफलाई हराउँदै एभिनियर कप सेमिफाइनलमा

सस्शत्र प्रहरी बल एपिएफ क्लबलाई ४–१ गोलले हराउँदै अफ्रिकी क्लब एभिनियर शुभकामना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । हेम्जा युनाइटेको आयोजनामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगतको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफलाई हराउँदै सेमिफाइनलमा चर्च ब्वाइजसंगको भेट पक्का गरेको हो ।

खेलको १० औं मिनेटमा अबदेलको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । १७ औं मिनेटमा साङले करिब ७५ यार्डबाट गरेको प्रहार दोस्रो बार नजिकैबाट बाहिरियो २२ औँ मिनेटमा एबोडसनको पासमा जाजाको हेडर एपिएफका गोलरक्षक विशाल गुरुङले पन्च गर्दै बचाउ गर्नुभयाे । २० औं मिनेटमा एपिएफका प्रदिप लामाले अनमार्कमा रहेका रवि थिङलाई दिएको उत्कृष्ट पासमा एभिनियरका गोलरक्षक तथा कप्तान कोभासिले चलाखीपूर्ण तरिकाले डाइभ गर्दै गोल हुनबाट जोगाउनुभयाे ।

खेलको २७ औं मिनेटमा परिवर्तित खेलाडी सामेसामेले गोल गर्दै एभिनियरलाई अग्रता दिलाउनुभयाे । उहाँ गिनीको स्थानमा मैदान प्रवेश गर्नुभएकाे थियाे । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा फ्रेडेरिकले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पार्नुभयाे । पहिलो हाफमै
दुई गोलको अग्रता लिएको अफ्रिकनी टिमले दोस्रो हाफमा समेत दुई गोल गर्दै सहज जित हासिल गरेको हो । खेलको सुरुवात देखि नै एपिएफमाथि हाबी भएको एभिनियरले उत्कृष्ट खेल देखाएपनि आफ्नै सहकर्मीहरु बिचको समन्वयमा भने विवाद गरिरहे । एभिनियरका
परिवर्तित खेलाडी विल्लेले खेलको ८६ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर पार्दा जित नजिक पुगेको थियो । उहाँले खेलको ९३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित सहज गर्नुभयाे। उहाँ खेलको म्यान अफ दि म्याच समेत घोषित हुनुभयाे । एपिएफले खेलमा फर्कने प्रयास
गरेपनि सकेन् । दोस्रो हाफमा १० खेलाडीमा सिमित एपिएफका लागि सविन थापाले ९४ औं मिनेटमा एकमात्रै गोल गर्नुभयाे ।

प्रतियोगिता अन्तरगत भोलि पहिलो सेमिफाइनल खेलमा आयोजक हेम्जा युनाइटेड र खुमलटारबीच हुँदैछ भने विहिबार दोस्रो सेमिफाइनल खेल एभिनियर र चर्च ब्वाइज क्लबबीच हुँदैछ ।

किपरको गल्तीले हार व्यहोर्यौ :- एपिएफ प्रशिक्षक
एपिएफका प्रशिक्षक सुदिप श्रेष्ठले गोलरक्षकको कम्जोरीका कारण हार व्यहोरेको प्रतिक्रिया दिनुभएकाे छ । उहाँले पहिलो गोल किपरको गल्तीका कारण हुदाँ खेलमा असर गरेको सुनाउनुभयाे । सेट टिममा ५ जना खेलाडी नहुनु अर्को हारको कारण रहेका उहाँको भनाइ छ ।

खेलाडीले सोचेँ भन्दा राम्रो खेले : एभिनियर प्रशिक्षक
उता एभिनियरका प्रशिक्षक आसिक थापाले खेलाडीले सोचेभन्दा पनि राम्रो खेल प्रर्दशनी गरेको प्रतिक्रिया दिनुभयाे । उहाँले हिजोमात्रै अन्यत्र खेल खेलेर आएको हुँदा पनि खेलाडीले थकाइलाई बिट मार्दै नतिजा निकाल्नु सामान्य कुरा नरहेको सुनाउनुभयाे ।

289789776 1681466902206617 6682671553547056372 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका