महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा • Nepal's Trusted Digital Newspaperमहिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा

महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा

  • समाचारपाटी
  • मङ्लबार, असार ७, २०७९
महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा

काठमान्डौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल गर्‍यो ।

हङकङका लागि ओपनर मेरिको हिलले सर्वाधिक ४५ रन बनाउनुभयाे । अर्की ओपनर बोल्ला बो यी सीता राना मगरको हातबाट ९ रनमा एलबीडब्ल्यु आउट हुनुभयाे । ओपनर मेरिको हिल स्पिनर संगिता राईको बलमा ममता चौधरीबाट क्याच आउट हुनुभयाे ।

तेस्रो क्रममा आउनुभएकी नताशा माइल्स २८ रनमा र पाँचौं क्रममा आउनुभएकी सानेज सहजाद ४ रनमा अविजित रहनुभयाे । चौथो क्रममा क्लेरी च्यान १७ रनमा संगिता राईबाट बोल्ड आउट हुनुभयाे । नेपालका लागि स्पिनर संगिता राईले सर्वाधिक २ विकेट लिनुभयाे ।

यसअघि मलेसियाको किनरारा मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ बनाउनुभयाे । विन्दु रावल २३ र अप्सरी बेगमले २२ रन बनाउनुभयाे ।

नेपालका अन्य कुनै ब्याटरले दोहोरो अंकको रन बनाउन नसक्दा नेपाललाई १०० रनको लक्ष्य गर्न पनि निकै कष्ट भएको थियो ।

खेलमा लगातार ६ विकेट गुमाएको नेपालले १५ ओभरपश्चात मात्र सम्हालिएको खेल प्रस्तुत गरेको थियो । हङकङका लागि चनका बेट्टीले सर्वाधिक २ विकेट लिनुभयाे । मरियम बीबी र एलिशा हर्बडले समान १/१ विकेट लिनुभयाे ।

समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ ।

onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका