वायुसेवा सञ्चालक संघको सबै उडान बन्द गर्ने निर्णय, सरकारसँग राख्यो पाँच माग • Nepal's Trusted Digital Newspaperवायुसेवा सञ्चालक संघको सबै उडान बन्द गर्ने निर्णय, सरकारसँग राख्यो पाँच माग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • वायुसेवा सञ्चालक संघको सबै उडान बन्द गर्ने निर्णय, सरकारसँग राख्यो पाँच माग

वायुसेवा सञ्चालक संघको सबै उडान बन्द गर्ने निर्णय, सरकारसँग राख्यो पाँच माग

  • समाचारपाटी
  • मङ्लबार, असार ७, २०७९
वायुसेवा सञ्चालक संघको सबै उडान बन्द गर्ने निर्णय, सरकारसँग राख्यो पाँच माग

काठमान्डौँ । वायुसेवा सञ्चालक संघले सबै उडान बन्द गर्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै वायुसेवा सञ्चालकहरुले उद्धार र नियमित उडानहरू बन्द गर्ने निर्णय गर्नुभएकाे हाे।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नागरिक उड्डयन प्राधिकरणबाट भएको (अपरेटिङ वेश) आधारको प्रावधानहरु हवाइ जहाज र हेलिकोप्टरमा खारेज गर्न माग गर्नुभयाे। उहाँले पूर्ववत अवस्थामा विना अवरोध सञ्चालन गर्न पाउनुपर्ने माग गर्नुभयाे।

निजी क्षेत्रका विमान तथा हेलिकोप्टरहरु बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्ने, दुई चालक राख्नुपर्ने लगायतका मागहरु अव्यवहारिक भएकाले फिर्ता लिन माग गरिएको र मागको सुनुवाइ नभएपछि उडान नै रोकेर आन्दोलनमा उत्रिनुपरेको अध्यक्ष थापाले बताउनुभयाे।

पत्रकार सम्मेलनपछि संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्रीय विमानस्थलहरुको बढोत्तरी तथा स्तरोन्नति भए पनि हवाइजहाज तथा हेलिकोप्टरको मर्मत सम्भार तथा चेकजाँच गर्ने प्राविधिक पक्षहरुलगायत अन्य विविध भौतिक पूर्वाधारहरुको विकास भई नसकेकोले हालको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका विमानस्थलहरुमा रात्रि विश्राम गरी उडान भर्न असमर्थ छौं।’

राज्य र नागरिकसँग प्रत्यक्ष जोडिएको अति संवेदनशील विषयहरुमा उत्पन्न समस्याको तत्काल निराकरणका लागि संघले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षणसमेत गराएको छ। ‘उत्पन्न बाध्यात्मक परिस्थितिका कारण लिनुपरेको कठोर कदमले सरकार, नागरिक तथा स्वदेशी तथा विदेशी यात्रुमा पर्नजाने असुविधानप्रति संघ गम्भीर क्षमायाचना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति:
bigyap

bigyapti2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका