'पदमा पुगेपछि धेरै गर्छु भन्ने लागेको हुन्छ तर पूरा गर्न गाह्रो छ':-नेतृ आरजु देउवा • Nepal's Trusted Digital Newspaper'पदमा पुगेपछि धेरै गर्छु भन्ने लागेको हुन्छ तर पूरा गर्न गाह्रो छ':-नेतृ आरजु देउवा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘पदमा पुगेपछि धेरै गर्छु भन्ने लागेको हुन्छ तर पूरा गर्न गाह्रो छ’:-नेतृ आरजु देउवा

‘पदमा पुगेपछि धेरै गर्छु भन्ने लागेको हुन्छ तर पूरा गर्न गाह्रो छ’:-नेतृ आरजु देउवा

  • समाचारपाटी
  • मङ्लबार, असार ७, २०७९
‘पदमा पुगेपछि धेरै गर्छु भन्ने लागेको हुन्छ तर पूरा गर्न गाह्रो छ’:-नेतृ आरजु देउवा

दलीय प्रणालीबाहिर जनताको सेवा कठिन :- नेतृ आरजु देउवा

पोखरा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने बताउनुभएकाे छ । उहाँले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरुको काम हेर्न बाँकी रहेको पनि बताउनुभयाे ।

नेपाल तरुण दल कास्कीले सोमबार पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिलाई सुझाव समेत दिनुभएकाे थियाे । प्रधानमन्त्री पत्नी समेत रहेकी नेतृ आरजु देउवाले स्थानीय तहको निर्वाचनमा काठमान्डौंको मेयरमा बालेन शाहले चुनाव जितेपछि स्वतन्त्र उम्मेदवार बन्नेहरुको
लहरै चलेको उल्लेख गर्नुभएकाे थियाे । उहाँले भन्नुभयाे, अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा–एउटा गुण पहिचान गरी नेता बनेका हुन्, म ओपन्ली त भन्न चाहन्नँ तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा हायर गर्नुभयो ?’

विभिन्न पेशसँगै पत्रकारितासमेत छोडेर राजनीति गर्न आएका छन् भन्दै उहाँले भन्नुभयाे, हुन त राम्रो हो । रमाइलै हुन्छ । विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा । तर उनीहरुको काम कस्तो हुन्छ हेर्न बाँकी छ । स्थानीय तहमा बसेर काम गर्न झन् गाह्रो रहेको भन्दै उहाँले आफूलाई सुशासनबारे चिन्ता लागेको बताउनुभयाे ।

गएको निर्वाचनमा उम्मेदवारी दोहोर्याएका सबै दलका जनप्रतिनिधिहरु सोचेअनुरुप निर्वाचित हुन नसक्नुमा नेतृ देउवाले यसबारेमा काम, क्षमता र लोकप्रियता जनताले मापन गरेको बताउनुभयाे । उहाँले प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको दाबी गर्नुभयाे ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकका ५ पटक प्रधानमन्त्री भएको तर जनचाहनाअनुसार काम गर्न गाह्रो भएको बताउनुभयाे । ‘पद पाउन सजिलो छ तर त्यहाँ बसेर काम गर्न जनतालाई भनेअनुसार काम गर्न गाह्रो छ’ उहाँले भन्नुभयाे,‘गठबन्धनको सरकार हो । सबैका चाहना, सबैका विचार हुन्छन् । त्यसलाई मिलाएर लैजान चुनौती छ ।’ उहाँले पदमा पुगेपछि धेरै गर्छु भन्ने लागेको हुन्छ तर पूरा गर्न गाह्रो छ ।
प्रधानमन्त्री देउवालाई पनि उठेदेखि सुत्नेबेलासम्म फुर्सद नहुने गरेको आफूले नजिकबाट देखेको उल्लेख गर्दै उहाँले भन्नुभयाे, ‘उठेदेखि सुतेसम्म त्यो घोडालाई दौडाएजस्तै दौडाएको छ, दौडाएको छ । मिटिङ, सेमिनार, राजदूत,मन्त्री, को को हो के हो ।’

कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पार्टीले दिएको निर्देशन तरुणहरुले पालना गरेको दाबी गर्नुभयाे । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना, गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, संचारमन्त्री बिन्दुकुमार थापा, कांग्रेस कास्की सभापति किशोरदत्त बराल, तरुण दलका पूर्व केन्द्रीय सदस्य ऋषि
काफ्ले, तरुण दलका जिल्ला अध्यक्ष मनोज गुरुङ लगायतले आगामी चुनावमा कांग्रेसलाई पहिलो दल बनाउन लागिपर्नुपर्ने विचार राख्नुभएकाे थियाे ।

सो अवसरमा कास्कीबाट गत ३० वैशाखको चुनावमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

aarju rada

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका