गायक इन्द्र लामिछानेको भजन ‘मानव जीवन’मा हरिहर शर्माको बेजोड अभिनय • Nepal's Trusted Digital Newspaperगायक इन्द्र लामिछानेको भजन ‘मानव जीवन’मा हरिहर शर्माको बेजोड अभिनय • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक इन्द्र लामिछानेको भजन ‘मानव जीवन’मा हरिहर शर्माको बेजोड अभिनय

गायक इन्द्र लामिछानेको भजन ‘मानव जीवन’मा हरिहर शर्माको बेजोड अभिनय

  • समाचारपाटी
  • मङ्लबार, असार ७, २०७९
गायक इन्द्र लामिछानेको  भजन ‘मानव जीवन’मा हरिहर शर्माको बेजोड अभिनय

काठमान्डौँ । गायक इन्द्र लामिछानेको स्वर रहेको मानव जीवन बोलको भजन सार्वजनिक गरिएको छ । लोकप्रिय गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द शृजना तथा संगीत रहेको गीतमा कुमार थापाको एरेन्ज रहेको छ । जसमा मिक्स तथा मास्टरिगं किशोर थापाको रहृको छ ।

सार्वजनिक भिडियोमा पछिल्लो समय बढ्दो आधुनिकता, व्यस्त जीवन शैली र फेरिँदो रहनसहनकाबीच छोरा छोरी र बुहारीले बाबु आमालाई हेर्ने नजर फेरिएका कतिपय नराम्रा घटनाहरुलाई समेटेर गायक लामिछानेले तयार पारेको मानव जीवन बोलको भजनमा बाबु आमालाई बोझका रुपमा हेर्दै बुहारी र पत्निको नराम्रो कुरा सुनेर बृद्धा आश्रममा लग्ने बढ्दो प्रचलनलाई भिडियोमा मार्मिक तरिकाले देखाइएको छ ।

किरण चाम्लिगं राईको निर्देशन रहेको भिडियोमा बरिष्ठ कलाकार हरिहर शर्माको अभिनयले जीवन भरेको देखिन्छ । भिडियोमा हरिहर शर्माका अलावा दिनेश कोइराला र रमा खड्काको अभिनय रहेको छ । गायक स्वयमकै अफिसियल युट्युब च्यानल लामिछाने ब्रदर्स इन्टरटेनमेन्टबाट बजारमा आएको हो । हेर्नुहोस् यो मर्मस्पर्शी भिडियो

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका