पोखराको सिएम स्वीमिङ पुलमा डुबेर १३ वर्षीय बालकको मृत्यु • Nepal's Trusted Digital Newspaperपोखराको सिएम स्वीमिङ पुलमा डुबेर १३ वर्षीय बालकको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखराको सिएम स्वीमिङ पुलमा डुबेर १३ वर्षीय बालकको मृत्यु

पोखराको सिएम स्वीमिङ पुलमा डुबेर १३ वर्षीय बालकको मृत्यु

  • समाचारपाटी
  • मङ्लबार, असार ७, २०७९
पोखराको सिएम स्वीमिङ पुलमा डुबेर १३ वर्षीय बालकको मृत्यु

पोखरा । पोखराको तेर्सापट्टी रहेको सिएम स्विमिङ्ग पुलमा डुबेर साेमबार दिउसो १३ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर २ देउपुर घर भएका हाल पोखरा महानगरपालिकाको वडा नम्बर ५ मालेपाटन बस्ने १३ वर्षीय दिपेश शर्मा रहेका छन् ।

आमा र भाइसगैँ स्विमिङ्ग पुलमा पौडिन गएका १३ वर्षीय बालकको साेमबार दिउसो स्विमिङ्ग पुलमा डुबेर मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

सस्विमिङ्ग पुलको छेउमा रहेको छातामुनी बसिरहेकी दुर्गा शर्मा (आमा)ले आफ्नो छोरो दिपेशलाई नदेखेपछि खोजी गर्दै गर्दा स्विमिङ्ग पुलमा डुबेको अवस्थामा फेला परेको स्विमिङ्ग पुलका कर्मचारीले जानकारी दिनुभयाे। बालक दिपेशलाई डुबेको अवस्थामा देखिएपछि तत्काल उद्धार गरी उपचारका लागि फिस्टेल हस्पिटल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको थियाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका