१२ असारमा दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड • Nepal's Trusted Digital Newspaper१२ असारमा दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १२ असारमा दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड

१२ असारमा दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड

  • समाचारपाटी
  • सोमवार, असार ६, २०७९
१२ असारमा दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड

काठमान्डौँ । दोस्रो ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८’ अगामि १२ गते वितरण हुने भएको छ। आयोजक ब्राण्ड रुट इन्टरटेनमेन्ट प्रालीले एक विज्ञाप्ती जारी गर्दै अवार्ड वितरण मिति सार्वजनिक गरेको हो ।

चलचित्र लोक, आधुनिक, लोकदोहोरी लगायत गीतसंगीतका गीत, गायक, गायिका, म्युजिक भिडियो,मोडल, निर्देशक, संगीत, शब्द लगायत अवार्डमा बिभिन्न ४४ बिधा समेटिएका छन् । हरेक बिधाको उत्कृष्ट ५ मनोनयन भने केही दिन अगाडि सार्वजनिक गरिएको थियो ।

अवार्ड निश्पक्ष बनाउने उद्देश्यले कार्यक्रम अगाडि आयोजकले जुरी सदस्य भने सार्वजनिक गरेको छैन । ४० प्रतिशत भोटिङ, ५० प्रतिशत निर्णायक र १० प्रतिशत आयोजकको नअवार्डम्बरको आधारमा अवार्डमा विजेता छानिने कार्यक्रमका निर्देशक सुनिल बिसीले जानकारी दिनुभयाे ।

भब्य सांगीतिक माहोलकासाथ जमलस्थित राष्ट्रिय नाचघर जमलमा आयोजना हुने अवार्डको उद्देश्य गीतसंगीतको संरक्षण, त्यसका स्रस्टा लाई सम्मान र प्रोत्सान रहेको आयोजकले जनाएको छ ।

Background 1 dbHyqXqmE4

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका