राष्ट्रिय खेलकुद परिषद् तथा प्रशिक्षण विभागबाट अवकास प्राप्त  प्रशिक्षकलाई बिदाई • Nepal's Trusted Digital Newspaperराष्ट्रिय खेलकुद परिषद् तथा प्रशिक्षण विभागबाट अवकास प्राप्त  प्रशिक्षकलाई बिदाई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रिय खेलकुद परिषद् तथा प्रशिक्षण विभागबाट अवकास प्राप्त  प्रशिक्षकलाई बिदाई

राष्ट्रिय खेलकुद परिषद् तथा प्रशिक्षण विभागबाट अवकास प्राप्त  प्रशिक्षकलाई बिदाई

  • समाचारपाटी
  • सोमवार, असार ६, २०७९
राष्ट्रिय खेलकुद परिषद् तथा प्रशिक्षण विभागबाट अवकास प्राप्त  प्रशिक्षकलाई बिदाई

काठमान्डाैँ । राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफु मातहत रहेका अवकास प्राप्त  प्रशिक्षकलाई आईतबार एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले उपनिर्देशक, बरिष्ठ पशिक्षक तथा सहायक प्रशिक्षकलाई बिदाई गरेको हाे ।

विभागका निर्देशक अर्जुन बि.क, उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकिय प्रमुख नवराज खड्का लगायतले मायाको चिनो, प्रशंसा पत्र, टिका तथा खादा लगाएर बिदाई गर्नुभएकाे हाे । यस्तै विभागका अन्य बरिष्ठ प्रशिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षक एवं कर्मचारीहरुले पनि अवकास प्राप्तहरुलाई टिका तथा खादा लगाएर विदाई गर्नुभएकाे छ ।

कार्यक्रममा बोल्दै विभागका निर्देशक एवं कार्यक्रमका प्रमुख अतिथी बि.क.ले अवकास प्राप्त प्रशिक्षकहरुलाई सरकारी नियमका कारण उमेर हदले अवकास प्राप्त भएको भन्दै राज्यका लागि उहाँहरुको बिज्ञता र ज्ञानको अझै आवश्यकता रहेको बताउनुभएकाे थियाे ।

अवकास प्राप्त गर्नेहरुमा उपनिर्देशक रजनी मैया जोशी (ब्याडमिन्टन), बरिष्ठ प्रशिक्षक टिका सेंढाई (एथलेटिक्स), बरिष्ठ प्रशिक्षक बिष्णु कान्त अर्याल (फुल कन्ट्याक्ट कराते), प्रशिक्षक उपेन्द्र थापा (एथलेटिक्स) र सहायक प्रशिक्षक राजेन्द्र कपाली (कराते) रहनुभएकाे छ ।

१२ स्वर्ण सहित नेपाल च्याम्पियन मित्र राष्ट्र भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्याम्पियन बनाउन सफल भएको टोली नेता एवं प्रशिक्षक चित्र प्रसाद श्रेष्ठले जानकारी गराउनुभयाे । नेपाल सोतोकान (एसकेडियुएन) टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न जेष्ठ २७ गते त्यस तर्फ प्रस्थान गरेको थियो ।

स्वर्ण जित्न सफल खेलाडीहरुमा बर्षा के.सी.(१३ बर्ष), झरना के.सी.(१४ बर्ष), सुरोज राजबाहक (१५ बर्ष), एन्जीला राई (१६ बर्ष), शाहिल घले (१६ बर्ष), सर्मिला वाईवा (१७ बर्ष), पुष्पका लामा (४५ केजी), बर्षा बुढामगर (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), एरिका गुरुङ्ग (६८ केजी माथि) रहेका छन् । यसैगरि नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाउनुभयाे ।

यस्तै रुपक श्रेष्ठ (१७ बर्ष) र सम्मान मल्ल श्रेष्ठ (५० केजी मुनि) ले रजत पदक प्राप्त गर्नुभएकाे छ । सुरेन्द्र तामाङ्ग (६७ केजी) र सञ्जय महर्जन (८४ केजी माथि)ले कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रशिक्षक चित्र प्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक ब्यवस्थापक, ७ महिला र ९ पुरुष गरि १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरि २३ सदस्य रहेका छन् ।

MB2A5479 MB2A5491 MB2A5533 MB2A5537

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका