पाेखरा । कास्की जिल्लाको माछापुच्छे गाउँपालिका वडा नं. ७ धम्पुस ढाँडाबाट पोखरा आई अस्थायी, स्थायी रुपमा बसोबास गरी व्यवसाय, रोजगारी, विद्यार्थी मजदुरी गरी पोखरालाई कर्मथलो बनाउँदै आउनु भएकाहरुको समुह मिलि धम्पुस ढाँडा सृजना टोल पोखरा सम्पर्क समिति गठन भएको छ । त्यस समितिलाई गठन गर्न नेतृत्वदायि भूमिका खेली सम्पर्कमा ल्याई भेला गराउनमा समाज सेवी भीम प्रसाद भण्डारीको मुख्य भूमिका रहेको छ । उहाँको आह्वानमा पोखरामा भएका करिब आधा भन्दा बढी मानिसहरुको उपस्थितिमा सो समिति गठन भएको हो ।
उक्त भेलाले समाज सेवी राज कुमार भण्डारीलाई उक्त समितिको संयोजक चयन गरेको छ, भने सह संयोजक सन्तोष भण्डारी, सचिव भीम प्रसाद भण्डारी कोषाअध्यक्ष लेखनाथ भण्डारी, सहसचिव श्याम बहादुर अधिकारी, सदस्यहरुमा सुदीप अधिकारी, शुभनाथ भण्डारी, सूर्य प्रसाद भण्डारी, रमेश अधिकारी, दीपक भण्डारी (खरिलाल), ईश्वर अधिकारी, सुविन भण्डारी, डिल्लीराम भण्डारी (खरबारी) र डिल्लीराम भण्डारी (शिरस्वाँरा) १५ सदस्यीय समिति चयन गरेको हो ।
उक्त भेलामा धम्पुस ढाँडा सृजना टोल पोखरा सम्पर्क समितिको आवश्यकता र औचित्य माथि भीम प्रसाद भण्डारीले प्रष्ट पार्नु भएको थियो । उक्त समितिले भविष्यमा धम्पुस ढाँडा सृजना टोलबाट पोखरा आई बस्नु भएका सम्पूर्णलाई आवद्धता गर्न सवैलाई साधारण सदस्यतामा राख्ने र आवश्यकताका आधारमा कार्यसमितिमा पनि थप घट गर्न सक्ने जनाएको छ ।
यो समिति गठन भए पश्चात धम्पुस ढाँडा सृजना टोलबाट पोखरा आएर बस्नु भएका तथा कुनै विशेष कामले एक दिन भए पनि पोखरा आउँदा समस्यामा परेमा जोकोहीलाई पनि सहयोग गर्ने बताएको हो । सो समितिले पोखराको चारैतिर छहरिएर रहेकाहरुलाई एकबद्ध गर्न मद्दत पनि पुग्ने छ । साथै भविष्यामा सोही समितिका माध्यबाट अन्य धेरै रचनात्मक कार्यक्रमहरु पनि गर्न सकिने कुरा सम्पर्क समितिका संयोजक राज कुमार भण्डारीले बताउनु भयो ।
त्यसै गरी सह संयोजक सन्तोष भण्डारीले गाउँबाट पोखरा आई बसोबास गर्नुहुनेहरुलाई पोखरामा पनि गाउँकै माया सरह यो समिति मार्फत हुन सक्ने बताउनु भयो । कोषाअध्यक्ष लेखनाथ भण्डारीले अब यो समुहलाई आर्थिक रुपमा पनि मजबुद बनाउँदै लैजाने र आगमी बैठकहरुमा त्यसको निर्णय लिने बताउनु भयो । सह सचिव श्याम बहादुर अधिकारीले गाउँको माया दिलाउन अब पोखरामा नै पाउन सकिने बताउनु भयो । त्यसै गरी सम्पूर्ण सदस्यहरुले यो समितिलाई पूर्ण वैधानिकतामा लैजानु पर्नेमा जोड दिएका थिए ।