पटनाबाट नयाँ दिल्लीका लागि उडेको विमानमा आकाशमै आगलागी • Nepal's Trusted Digital Newspaperपटनाबाट नयाँ दिल्लीका लागि उडेको विमानमा आकाशमै आगलागी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पटनाबाट नयाँ दिल्लीका लागि उडेको विमानमा आकाशमै आगलागी

पटनाबाट नयाँ दिल्लीका लागि उडेको विमानमा आकाशमै आगलागी

  • समाचारपाटी
  • आइतवार, असार ५, २०७९
पटनाबाट नयाँ दिल्लीका लागि उडेको विमानमा आकाशमै आगलागी
photo source:-onlinekhabar

काठमान्डौं । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आकाशमै आगो लागेको छ ।

आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो ।

विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र चालक दलका सदस्य सबै सकुशल छन् । पाइलटले आगो लागेको इन्जिन बन्द गरेर विमानलाई सुरक्षित अवतरण गराउनुभएकाे हाे ।

उडिरहेको विमानमा लागेको जमिनबाटै देखिएको थियो । आगोलागेको देख्नेहरुले प्रहरी र विमानस्थललाई जानकारी गराएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका