१२ स्वर्ण सहित नेपाल टिम च्याम्पियन • Nepal's Trusted Digital Newspaper१२ स्वर्ण सहित नेपाल टिम च्याम्पियन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १२ स्वर्ण सहित नेपाल टिम च्याम्पियन

१२ स्वर्ण सहित नेपाल टिम च्याम्पियन

  • समाचारपाटी
  • आइतवार, असार ५, २०७९
१२ स्वर्ण सहित नेपाल टिम च्याम्पियन

काठमान्डाै । मित्र राष्ट्र भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ ।

नेपाल सोतोकान (एसकेडियुएन) ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको टोली नेता एवं प्रशिक्षक चित्र प्रसाद श्रेष्ठले जानकारी गराउनुभयाे । नेपाल सोतोकान (एसकेडियुएन)टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न जेष्ठ २७ गते त्यस तर्फ प्रस्थान गरेको थियो ।

स्वर्ण जित्न सफल खेलाडीहरुमा  १३ वर्षिय बर्षा केसी , १४ वर्षिय झरना केसी,  १५ वर्षिय सुरोज राजबाहक , १६ वर्षिय एन्जीला राई,   १६ वर्षिय शाहिल घले , १७ वर्षिय शर्मिला वाईवा , रहेका छन् ।  पुष्पका लामा ४५ केजी, बर्षा बुढामगर ५० केजी, साजन बल ५५ केजी, सन्तोष श्रेष्ठ ६० केजी, एरिका गुरुङ्ग ६८ केजी माथि रहेका छन् ।

यसैगरि नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाउनुभयाे । यस्तै रुपक श्रेष्ठ १७ बर्ष  र सम्मान मल्ल श्रेष्ठ ५० केजी मुनि ले रजत पदक प्राप्त गर्नुभएकाे छ ।

सुरेन्द्र तामाङ्ग ६७ केजी र सञ्जय महर्जन ८४ केजी माथिले कास्य पदक प्राप्त गर्न सफल हुनुभएकाे छ । प्रशिक्षक चित्र प्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक ब्यवस्थापक, ७ महिला र ९ पुरुष गरि १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरि २३ सदस्य रहेका छन् ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका