'संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनको आवश्यकता':- प्रकाशशरण महत • Nepal's Trusted Digital Newspaper'संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनको आवश्यकता':- प्रकाशशरण महत • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनको आवश्यकता’:- प्रकाशशरण महत

‘संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनको आवश्यकता’:- प्रकाशशरण महत

  • समाचारपाटी
  • आइतवार, असार ५, २०७९
‘संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनको आवश्यकता’:-  प्रकाशशरण महत

वीरगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनको आवश्यकता रहेकोमा जोड दिनुभएकाे छ । कुनै एउटा दलले पूर्ण बहुमत ल्याउने कुरा कठिन रहेको बताउँदै उहाँले चुनाव अघि नै गठबन्धनका लागि सहमति हुनुपर्नेमा जोड दिनुभयाे ।

प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले चुनावपछि सरकार बनाउन दल खोज्दै हिँड्नु भन्दा अहिले नै गठबन्धन गरेको राम्रो हुने सुझाव दिनुभएकाे छ ।

स्थानीय तहमा भएको गठबन्धन तालमेलमा भएका कमीकमजोरीको समीक्षा गरेर कसरी अघि जाने भनेर निर्णय गर्नुपर्ने उहाँको भनाइ छ । केपी ओली सरकारले कोभिड–१९ को राम्रोसँग व्यवस्थापन गर्न नसकेको, भ्रष्टाचार बढेको र संवैधानिक मर्यादा कायम राख्न नसकेकोले गठबन्धन गरेको बताउँदै उहाँले त्यसको निरन्तरता आवश्यक रहेको बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका