कांग्रेसकी सचेतक पुष्पा भुसाल:-'प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान भन्न मिल्दैन' • Nepal's Trusted Digital Newspaperकांग्रेसकी सचेतक पुष्पा भुसाल:-'प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान भन्न मिल्दैन' • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कांग्रेसकी सचेतक पुष्पा भुसाल:-‘प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान भन्न मिल्दैन’

कांग्रेसकी सचेतक पुष्पा भुसाल:-‘प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान भन्न मिल्दैन’

  • समाचारपाटी
  • आइतवार, असार ५, २०७९
कांग्रेसकी सचेतक पुष्पा भुसाल:-‘प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान भन्न मिल्दैन’

काठमान्डौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान गरेको भन्न नमिल्ने बताउनुभएकाे छ ।

समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री अनुपस्थित हुँदा अपमान गरेको महसुस भएको बताएपछि, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानका रुपमा नलिन आग्रह गर्नुभयाे । ‘अपमान’ भन्ने शव्द उचित नभएको बताउँदै उहाँले भन्नुभयाे, ‘हामीले बोलाउँदा उहाँ आउनुपर्छ । तर प्रधानमन्त्रीको समय के भयो त्यस आधारमा बुझ्नुपर्छ ।’ अपमान नै भन्ने शब्द प्रयोग नगर्न उहाँले आग्रह गर्नुभयाे ।

नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणी राजभण्डारीले पनि एउटा बैठकमा कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन नहुने बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका